काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको पूर्ण बैठक आगामी चैतमा हुने भएको छ ।
महासंघको आज बसेको बैठकले केन्द्रीय समितिको स्कुलिङसहित पूर्ण बैठक चैतभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य एवम् महासंघ इन्चार्ज दीपक कोइराला (रुपक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष शिव कोइराला (ज्वाला)ले गर्नुभएको थियो ।
बैठकले जिल्ला एवम् प्रदेश समिति सम्मेलन आगामी बैशाखभित्र गर्ने र सम्मेलनको नारा एवम् कार्यक्रम (एक सम्मेलन एक खेलकुद प्रतियोगिता) भन्ने तय गरेको हो । बैठकले केन्द्रीय सम्मेलनको तयारीमा जुट्ने निर्णयसमेत गरेको छ ।










