८ पुष २०८२, मंगलवार
,
Latest
हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय यही फागुन २५ सुर्खेतमा स्थापना गर्ने, दशौँ राष्ट्रिय खेलकुदको सहआयोजकका रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकाले सोका लागि अनुरोध गर्ने, दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दशौँ राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धी (पूर्वतयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस अवसरमा राखेपका सदस्य-सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायत विषयमा जानकारी गराएका थिए ।

खेलकुद मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न प्रदेश सरकारले सरोकार भएकाहरूसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, विभिन्न राष्ट्रिय खेल संघ पदाधिकारी, होटेल एसोसिएसन नेपाल, उद्योग वाणिज्य महासंघ, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यही फागुन १५ गते बसेको राखेपको १२१ औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । रासस