काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीको आन्तरिक समस्या समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भइरहेको छलफलमा कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेल समेत सहभागी हुनुहुन्छ ।
कार्यदलले बुझाएको प्रतिवेदन माथि दुई अध्यक्षले साझा दृष्टिकोण तय गरेपछि सचिवालय हुँदै स्थायी समितको बैठकमा पेश हुने छ ।
पार्टी भित्र अन्तरकलह बढ्दै गएपछि अध्यक्षद्वयको सहमतिमा गत साउन ३० गते कार्यदल गठन भएको थियो । कार्यदलले एक सात पछि भदौ ६ गते प्रतिवेदन बुझाएको थियो । कार्यदलले पार्टी भित्र देखिएका समस्या र तिनको समाधानका उपाएहरु समेटिएको जनाइएको छ ।











