काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यराती १२ बजे बाट सकिने भएपछि निषेधाज्ञाको बारेमा निर्णय गर्न काठमाडौ , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको छलफल हुदै छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायण प्रसाद भट्ट र भक्तपुरका हुमकला पाण्डेले एक साताको अबस्था मुल्याङन गरी निषेधाज्ञालाई निरन्तरता दिने वा अर्को कुनै बिकल्प दिने भन्ने बारेमा निर्णय गर्ने जनाईएको छ ।
एक प्रमुख जिल्ला अधिकारीका अनुसार निषेधाज्ञा पुन एक साताका लागि थप्ने निर्णय हुन सक्छ । तीनवटै जिल्लाका जिल्ला सुरक्षा समिती बैठकले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सक्रमण बढ्दै गएको कारण संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।











