काठमाडौं । काठमाडौंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।











