काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।











