काठमाडौं । उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोशी अस्पातालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा न्यायाधीश सहित उनका सहचालक रहेका छन् ।
संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । संक्रमण पुष्टि भएका न्यायाधीश अहिले ‘होम आइसोलेसन’मै रहेको जानकारी सुवेदीले दिए । सवारी चालकलाई भने उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको छ ।











