काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार बढी संक्रमित थपिएका छन् । बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।
आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।










