काठमाडौं । होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको आइतबार बिहाना मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारका अनुसार ति पुरुषमा उच्च रक्तचाप र महुमेहको समस्या देखिएपनि कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफै खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।
भदौ १२ गते (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएका ति पुरुष होम आइसोलेसनमा बस्दै आएका थिए । मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए ।











