६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बस्ने भट्टराईले बताए । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।