काठमाडौँ। काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपालले लेबनान सँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनान र नेपाल दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको थियो । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ ।
किर्गिस्तानसँग फिनिसिङमा चुकेको नेपाललाई लेबनानविरुद्ध जित निकाल्न सहज छैन । अर्को तर्फ लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । यद्यपि खेलमा लेबनान ३-१ गोलले पराजित भएको थियो ।
अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बाले’ दोस्रो हाफमा मात्र खेलेकी थिइन् । नेपालले लेबनानसँगा दोस्रो पटक खेल्न लगेको हो ।










