काठमाडौं । स्पेनी महारथी रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको प्लेअफको दोस्रो लेगको खेलमा ईंग्लिश क्लब म्यान्चेस्टर सिटिलाई ३-१ गोलले हराउँदै समग्रमा ६-३ को नतिजासहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रिक गरे । उनले खेलको ४, ३३ र ६१ औं मिनेटमा गोल गरेका हुन् ।
सिटिका निको गोन्जालेजले एक गोल फर्काए । पराजयसँगै सिटिको च्याम्पियन्स लिगको यात्रा यहिँ सकिएको छ ।










