२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यक रहेको बताए ।

सम्मानित नेता खनालले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा राज्यशक्तिको स्रोत जनतामा निहित हुनुपर्ने मान्यतालाई स्थापित गरेको ऐतिहासिक दिनमा सहिदको सपना पूरा गर्न वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए।

उनले समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र विकृति विसङ्गतिको अन्त्य गरी सहिदले कल्पना गरेको जनताको सुख, शान्ति तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको खाँचो औँल्याए ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।