
काठमाडौं । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठकका एजेन्डालगायतको विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो। बैठकले प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ ।
प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यदरूबीच छलफल चल्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।