३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता: मुख्यमन्त्री आचार्य



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम नागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले जनता नै सार्वभौमसत्ता सम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने शुभकामना सन्देशमा बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै उनले सन्देशमा सहिदहरूको सपना र जनताको आकांक्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीले जनताको एकताबद्ध सामथ्र्यबाट जस्तोसुकै निरङ्कुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने सन्देशमा उल्लेख गरेका छन् ।