१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीमा भएको दूर्व्यवहारको छानबिनका लागि कूटनीतिक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बीस वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकृतिको निधन र त्यसपछिका घटनाक्रममा केआईआईटी प्रशासनको गैर–जिम्मेवारी देखिन्छ । प्रकृतिले दुईपटक लिखित उजुरी दिँदासमेत मानसिक याताना दिने व्यक्तिविरुद्ध कारबाही नगर्नु, कलेजको साखमा असर पर्ने भन्दै प्रकृतिको निधन ढाकछोप गर्नु र घटना छानबिनको माग गर्ने नेपाली विद्यार्थीलाई सूचना नै जारी गरेर दमनपूर्वक कलेज/होस्टल छाड्ने उर्दी जारी गर्दै लखेट्नु केआईआईटी प्रशासनको अक्षम्य त्रुटि देखिन्छ ।

साथै, प्रकृतिको शंकास्पद मृत्युपछि त्यहाँ अध्ययनरत करिब एक हजार पाँच सय विद्यार्थीले कलेज/होस्टल छोड्नुपर्ने विषम परिस्थिति बन्दासम्म नेपाल सरकारले त्यसबारे पर्याप्त र भरपर्दो सूचना संकलन गरी समयमै सम्बन्धित निकायसँग समन्वय गर्न नसक्नुबाट सरकारले यस घटनालाई गम्भिरताका साथ नलिएको प्रष्ट हुन्छ । यसबाट विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा, चिन्ता र चासोमा सरकारको रबैया कस्तो छ भन्ने उदाङ्गो भएको छ ।

केआईआईटी प्रशासनले घटनाको निष्पक्ष छानबिनमा सहयोग गरी दोषीमाथी कारबाही गर्ने प्रतिबद्धता गर्दै बलपूर्वक कलेज/होस्टल छाड्न बाध्य पारिएका विद्यार्थीलाई फिर्ता हुने वातावरण बनाउन, विभिन्न ठाउँमा अलपत्र परेको र बेखर्ची भएका विद्यार्थीहरुलाई आवश्यक सहयोग समन्वय गर्न साथै उनीहरुलाई भयरहित वातावरणको लागि पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

नेपाली विद्यार्थीले घटनाको निष्पक्ष छानबिन, प्रकृतिको मृत्यु प्रकरणका दोषीलाई कारबाही तथा आफूहरुमाथि ज्यादती गर्ने कलेजका कर्मचारीमाथि कारबाहीको माग गर्दै ८ बुँदे माग राखेको विषयमा गम्भीर हुनुका साथै प्रकृतिको सन्दर्भमा निष्पक्ष छानबिनको प्रत्याभूति र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षा, भयरहित वातावरणमा अध्ययन र भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण निर्माणका लागि तत्काल प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग माग गर्दछौं ।