२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन

केआईआईटीमा भएको दूर्व्यवहारको छानबिनका लागि कूटनीतिक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ध्यानाकर्षण

केआईआईटीमा भएको दूर्व्यवहारको छानबिनका लागि कूटनीतिक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बीस वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकृतिको निधन र त्यसपछिका घटनाक्रममा केआईआईटी प्रशासनको गैर–जिम्मेवारी देखिन्छ । प्रकृतिले दुईपटक लिखित उजुरी दिँदासमेत मानसिक याताना दिने व्यक्तिविरुद्ध कारबाही नगर्नु, कलेजको साखमा असर पर्ने भन्दै प्रकृतिको निधन ढाकछोप गर्नु र घटना छानबिनको माग गर्ने नेपाली विद्यार्थीलाई सूचना नै जारी गरेर दमनपूर्वक कलेज/होस्टल छाड्ने उर्दी जारी गर्दै लखेट्नु केआईआईटी प्रशासनको अक्षम्य त्रुटि देखिन्छ ।

साथै, प्रकृतिको शंकास्पद मृत्युपछि त्यहाँ अध्ययनरत करिब एक हजार पाँच सय विद्यार्थीले कलेज/होस्टल छोड्नुपर्ने विषम परिस्थिति बन्दासम्म नेपाल सरकारले त्यसबारे पर्याप्त र भरपर्दो सूचना संकलन गरी समयमै सम्बन्धित निकायसँग समन्वय गर्न नसक्नुबाट सरकारले यस घटनालाई गम्भिरताका साथ नलिएको प्रष्ट हुन्छ । यसबाट विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षा, चिन्ता र चासोमा सरकारको रबैया कस्तो छ भन्ने उदाङ्गो भएको छ ।

केआईआईटी प्रशासनले घटनाको निष्पक्ष छानबिनमा सहयोग गरी दोषीमाथी कारबाही गर्ने प्रतिबद्धता गर्दै बलपूर्वक कलेज/होस्टल छाड्न बाध्य पारिएका विद्यार्थीलाई फिर्ता हुने वातावरण बनाउन, विभिन्न ठाउँमा अलपत्र परेको र बेखर्ची भएका विद्यार्थीहरुलाई आवश्यक सहयोग समन्वय गर्न साथै उनीहरुलाई भयरहित वातावरणको लागि पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

नेपाली विद्यार्थीले घटनाको निष्पक्ष छानबिन, प्रकृतिको मृत्यु प्रकरणका दोषीलाई कारबाही तथा आफूहरुमाथि ज्यादती गर्ने कलेजका कर्मचारीमाथि कारबाहीको माग गर्दै ८ बुँदे माग राखेको विषयमा गम्भीर हुनुका साथै प्रकृतिको सन्दर्भमा निष्पक्ष छानबिनको प्रत्याभूति र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षा, भयरहित वातावरणमा अध्ययन र भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण निर्माणका लागि तत्काल प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग माग गर्दछौं ।