१३ श्रावण २०८३, बुधबार
,
Latest
सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा साबित भएको जनाउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गर्नुभएको छ ।

सन्देशमा भनिएको छ- निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापनाको ७४औं वर्ष पूरा भई आज ७५औं वर्षमा प्रवेश गरेको दिन । प्रजातन्त्रको स्थापना को लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा साबित भएको छ । यही निभमा उभिएर हामी नेपालीलाई बहुदल हुँदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना सम्मका आन्दोलनमा सफलता हासिल भयो । सम्पूर्ण शहीदहरूको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिको लागि निरन्तर संघर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीलाई ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना ।




भर्खरै