२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन



INDIA-HEALTH-VIRUS
अ+ अ-

मोरङ। कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शैय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ।

अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो। शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो। यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष ९आइसियु० तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताए।

उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिए। अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन्।