१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘लाजशरणम्’को प्रचार सामग्री सार्वजनिक नगर्न अदालतको आदेश



अ+ अ-

काठमाडौं। चलचित्र ‘लाजशरणम्’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न अदालतले आदेश दिएको छ ।

अफताब आलमको आवरणमा मुख्य कलाकार सीताराम कट्टेल देखिएको ‘लाज शरणम्’को पोस्टर रिलिज भएपछि आलमले पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गरेका थिए।

गत २ फागुनमा अदालतले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी हुने/नहुने निर्णय निवेदनमा उल्लिखित ‘लाज शरणम्’ चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अवलोकन गरी गर्नु उपयुक्त भएको भन्दै चलचित्रको स्कीकृत स्क्रिप्टको प्रमाणित प्रतिलिपि तथा चलचित्रको श्रव्यदृश्यको अवलोकनको लागि पेन ड्राइभमा सो चलचित्रको डिजिटलप्रति झिकाएर दाखिल गर्ने न्यायाधीशहरु कविप्रसाद न्यौपाने र न्यायधीश कैलाशप्रसाद सुवेदीको इजलासले आदेश दिएको थियो भने अन्तरिम छलफलका लागि आजका लागि बोलाएको थियो।

उच्च अदालते मंगलबार छलफलका लागि दुई पक्षलाई बोलाएको थियो । आलमका वकिलहरुले धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाएका थिए । उनको गेटअप हुबहु आलमको जस्तै भएकाले यसबाट आलमको मानहानी हुने उनीहरुको तर्क थियो ।