१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन र ग्रिन लन्स विजयी



अ+ अ-

काठमाडौँ। ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

ज्ञान निकेतनले आयोजक हिमाली बोर्डिङ स्कुललाई ४१–३४ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १६ अंक योगदान गरे । सुयोग रजकको १६ अंक सहयोगमा ग्रिन लन्सले क्यान्भासलाई ३६–१७ ले सहजै हरायो । सोही स्पर्धामा विल्सन एकेडेमीले हेम्सलाई ५४–४२ तथा एक्मीले हाम्रो सनसाइनलाई ३६–२९ पाखा लगाए ।

विल्सनका रेहान डंगालले १५ तथा एक्मीका साइमनले १८ स्कोर गरे । जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २२–४ तथा आयोजक हिमाली बोर्डिङ स्कुलले काठमाडौं जेभियर पब्लिकलाई १८–१० ले पन्छाए । सनसाइनका जेनिश तोलङ्गेले १० तथा हिमालीका युनिक रोक्काले ८ अंक बटुले ।

सिनियर गल्र्समा रिलायन्सले एजीएमलाई २७–६, क्यान्भासले विल्सनलाई १३–११ र ग्रिन लन्सले एक्मीलाई ८–४ ले निराश पारे । रिलायन्सकी एलिशा तामाङले १४, क्यान्भासकी पवित्रा बुढाथोकीले ७ र ग्रिन लन्सकी अभिसारिका रजकले ४ अंक जोडे ।