७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
अ+ अ-

बागलुङ। बागलुङका सुरथ सुवेदी विगत १८ वर्षदेखि व्यावसायिक कुखुरापालनमा लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका सुवेदीले कुखुरापालनबाटै मासिक रु पाँच लाख बचत गनेए गरेका छन् ।

एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए । उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका थिए ।

अहिले उनको कुखुरा फार्मममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा क्रिीका लागि जाने सुवेदीले जानकारी दिए । “धेरै पटक असफलता व्यहोर्नु पर्‍यो, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदोरहेछ”, उनले भने, “हार मानेको भए, अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक रु पाँच लाख बचत हुन्छ, गत वर्ष कुखुराले अण्डा नदिँदाको घाटा अहिले पूरा गर्दैछु ।

उनले विसं २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आएका छन् । चितवनमा निरन्तर सफलता हाँसिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदीले बताए ।

“मनग्ये आम्दानी कमाई भइरहेको थियो तर एकैपटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि रु ६० लाख घाटा पर्यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ”, उनले भने । लामो समय हुर्काएका कुखुराले अण्डा नदिँदा घाटा भएको उनको भनाइ छ ।

विसं २०७० मा पाँच जनाको समूहले भाटेखोलामा लेयर्सजातको कुखुरा पाल्न थाले पनि अहिले आफ्नो निजी फार्म सञ्चालन गरेको सुवेदीले बताए । उनका अनुसार उक्त फार्ममा अहिलेसम्म रु ६० लाख लगानी भइसकेको छ । कृषिमा उल्लेख्य नतिजा प्राप्त गर्न प्राविधिक ज्ञानसमेत हुन आवश्यक रहेको उनले उल्लेख गरे ।

“पोहोर ५२ सय चल्ला हालेँ, तर एक सय ५० वटाले मात्र अण्डा पारे अरुले पारेनन्, ११ महिनाको अवधिमा राम्रो अण्डा नआउँदा र दाना खर्चमा झण्डै रु ७० लाख घाटा भयो”, सुवेदीले भने, “यो पेसामा निकै जोखिम छ, तर प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम सङ्कलन गर्नसक्ने हो भने घाटा छैन, अहिले मासिक रु पाँच लाख नाफा हुन्छ, अण्डाको मूल्य मनग्ये पाइएको छ ।” फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उनले बताए ।

बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा सुवेदीले जोड दिए ।

फार्ममा श्रीमती शिला सुवेदीले निरन्तर साथ र उत्प्रेरणा दिँदै आएकी छिन् । सुवेदी परिवारले २२ रोपनी जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर फार्म सञ्चालन गर्दै आएको छ । रासस