२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमीकै हत्या



अ+ अ-

प्युठान। अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गरेको हो। उनीहरू नाताले ज्वाइँ–सासु हुन्। लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन्।

उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए।

श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन जेदूले प्रेमीसँग यौन सम्बन्ध बनाउँदै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।एक वर्षअघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन् । दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणिले चुकुल लगाएर थुनेका थिए ।

उनले कोठामा थुनेर गाउँले बोलाएका समेत थिए । त्यही रिसइबीको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफै घटना अनुसन्धानमा खटिएका थिए ।

प्रहरीले घटना भएको २४ घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरेको छ ।