५ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न वर्षाले विभिन्न सडक अवरुद्ध बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित



अ+ अ-

काठमाडौँ।  मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा खेलाडी र खेलकर्मीलाई शनिबार सम्मान गरेको छ ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण केसी र करातेका प्रशिक्षक एवं निर्णायक महेश महर्जनलाई सम्मान गरिएको हो ।

सोही अवसरमा गत जनवरीमा अस्ट्रेलियामा भएको गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी एन्ज्लस हार्ट स्कुलका आर्यन बस्नेत, दिनेश जुग्जाली, आविस्कार रोका, स्वस्तिक न्यौपाने, इभान छन्त्याल र लुकास अधिकारी तथा अफिसियल टकबहादुर थापा र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।