१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखले च्यापिँदा बालकको मृत्यु



अ+ अ-

बागमती। मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो स्थानीय भागिरथ पुडासैनीले बारीमा रहेको रुख काट्ने क्रममा ढल्दा निजका नाति आदर्श च्यापिएका थिए । टाउको र दुवै हातमा गम्भीर चोट लागेका बालकलाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीय चौकीबाट प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजुको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । बालकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । रासस