२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीसँग भारतीय अतिरिक्त सचिवको भेट, फाप्ला क्रिकेट स्टेडियमबारे छलफल



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो ।

सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको महत्वलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

साथै सो भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो ।

सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक चाँडै बस्नेबारे त्यस अवसरमा कुराकानी भएको थियो ।

नेपाल इन्डिया ज्वाइन्ट कमिसनको सन् २०२४ को जनवरीमा काठमाडौँमा बसेको सातौँ बैठकमा नेपालले महेन्द्रनगर र नेपालगञ्जबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा स्मरण गराउँदै मन्त्री डा राणाले यस विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावर मार्फत् भारत सरकारलाई आग्रह गर्नुभएको थियो ।

यस विषयमा नेपाल र भारत दुवै देशका प्राविधिक व्यक्तिहरुबीच आवश्यक छलफल गर्नुपर्ने बताउँदै उहाँहरुले यसै महिना काठमाडौँमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीको बैठक फलदाली रहेको उल्लेख गर्नुभएको थियो ।

नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं अन्य सामग्रीहरुको ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरुको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री डा राणाले आग्रह गर्नुभयो ।

यसअघि सन् २०२३ को जुनमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको समझ्दारी बमोजिम धनगढीको फाप्लामा क्रिकेट स्टेडियम र स्पोर्टस् भिलेज निर्माणको डिपीआर तयार गरी भारतीय पक्षलाई पठाइएको जानकारी पनि उहाँले गराउनुभएको थियो ।

साथै धनगढी गौरीफन्टा लगायतका व्यापारिक नाकाहरुको स्तरोन्नति एवं पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै पक्षको समन्वय र तदारुकताका विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।