२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ



अ+ अ-

काठमाडौं। गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्।

उनीहरूलाई आफ्नै कोठामा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेटिङ एप्लिकेशनमार्फत् विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा उनीहरू संलग्न हुने गरेको पाइएको छ। उनीहरूले ‘मन्त्र १०८’ नामक वेबसाइटबाट जुवा खेलाउने, रकम संकलन गर्ने र क्रिप्टो करेन्सीबाट ट्रेड गर्ने गरेको आचार्यले बताए।

उनीहरूले हालसम्म बैंक खाता तथा बाइनान्स आइडी प्रयोग गरी हालसम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को दफा १२५ अन्तर्गत नुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

पक्राउ परेका व्यक्तिको कोठा खानतलासी गर्दा चार थान मोबाइल सेट, कम्प्युटर १ थान, एनसेल ५० थान सिम, एनटिसी सिम ९ थान, विभिन्न व्यक्तिको नाममा रहेका २७ थान एटिएम कार्ड, डायरी ५ थान, चेकबुक ७ थान र नगद ९० हजार बरामद भएको आचार्यले बताए।