३० माघ २०८१, बुधबार
February 12, 2025 Wednesday
Latest
शारीरिक यातना दिँदा तीन विद्यार्थी घाइते ठगी गरेको अभियोगमा महिला पक्राउ शंखरापुर बस दुर्घटना अपडेट: छ जनाकाे मृत्यु, ४० घाइते (नामावली) भूमि बैंकमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलीका सामान बरामद



अ+ अ-

वीरगञ्ज। सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका  कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले आज वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।