१६ माघ २०८१, बुधबार
,
Latest
तेस्रो टी–२० मा इंग्ल्याण्डले भारतलाई २६ रनले हरायो बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो भ्रष्टाचार नियन्त्रण हुनैपर्छः प्रधानमन्त्री ओली ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु पूर्वराष्ट्रपतिद्वारा युवा वैज्ञानिकहरुसँग अन्तर्किया पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस : बुझौँ मधेस’ प्रति विशेष आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौँ। एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा पाँचौ  जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अङ्क जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अङ्क रहेको छ ।

चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लािग रोहन पोखरेलले सान्त्वना गोल गरे ।

खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३–० गोलको अग्रता बनायो ।

खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए ।