काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले हवाइ जहाजबाट उड्ने सबै यात्रुको पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त राखेको छ । गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको हो ।
कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो ।
लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् । सोमबारबाट आन्तरिक उडान हुँदैछ ।











