७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै, १ सय ५० क्विन्टल बिउ उत्पादन

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै, १ सय ५० क्विन्टल बिउ उत्पादन
अ+ अ-

काठमाडौं । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति र अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केहीदिन यता नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो ।

वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तिब्र उतारचढाव आउने स्थिति भने देखिदैन् । उहाँले नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तथ्याङ्कगत हिसाबमा हेर्दाखेरी हाम्रो उत्पादनले वार्षिक मागलाई पुग्दैन । अघिल्लो वर्षको तथ्याङ्क हे¥यो भने आर्थिक वर्ष २०७६/०७७ मा करिब ३ लाख मेट्रिकटनको उत्पादन छ । त्यहिसँगसँगै हाम्रो अयातलाई हेर्दाखेरी १ लाख ६ हजार मेट्रिकटन छ । यसले आयात र हाम्रो उत्पादनको तथ्याङ्कलाई जोड्दा करिब ४ लाख खपत भएको देखिन्छ । त्यसमा पनि वास्तविक रुपमा के देखिन्छ भने उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०/१२ प्रतिशत नोक्सान हुन्छ । त्यो १०/१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ । ’

आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाई छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उहाँको भनाई छ ।

नेपालमा खासगरी मौसमी खेतिको रुपमा मंसिर÷पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तरपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ । नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । तर पछिल्लो चारपाँच वर्षको तथ्याङ्क हेर्नेहो भने नेपालको उत्पादन प्रत्योक वर्ष बढ्दै गएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो उत्पादन नपुग्ने हो तर हाम्रो उत्पादन हुँदै नभएको भन्ने चाहिं होइन । विशेष गरेर प्याजको उत्पादन वर्षमा २ सिजनको हुन्छ । एउटा मुख्य सिजन बैशाख तिर हार्भेष्ट हुने मंसिर पुस तिर रोकेर बैशाखमा हार्भेष्ट हुने मुख्य सिजन भयो । नेपालमा पनि त्यहि हो र भारतमा पनि त्यहि हो । अर्को साउन तिर रोपेर कार्तिक मंसिरमा हार्भेष्ट हुने हो । कार्तिक मंसिर तिर जुन प्याज हार्भेष्ट गर्छौं त्यो चाहिं बेमौसमी प्याज पनि भनिन्छ । यो बेमौसमि प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन् । भर्खर सुरुवातको क्रममा मात्रै छ । प्याजको व्यवसायीक रुपमा अगाडि बढ्ने सन्दर्भलाई यसरी हेर्दाखेरी चारपाँच वर्षको तथ्याङ्कलाई हेर्यौ भने उत्पादन केही मात्रामा बढ्दै गएको अवस्था छ ।’

नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षृत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०६९/०७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भन्नुभयो ‘स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ । ’

नेपालमा उत्पादन बढाउनको लागि बिउको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखा परेको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताउनुभयो । नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेति गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ । बिउकै लागि भनेर हाम्रो तथ्याङ्कमा हेर्दाखेरी १ सय ५० क्विन्टल बिउ उत्पादन छ । विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ र खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाईपनि भारतबाट खुला बोर्डरबाट आउने बिउले नै पुरा गरेको अवस्था देखिन्छ किनभने भारतबाट बिउ कानुनी रुपमा निर्यात गर्नलाई रोक लगाएकै छ । कानुनी रुपामा त्यो आउँदैन् ।’

नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पुर्याउन नसकेको बताउनुभयो । त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेति गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भएपनि निश्चित रुपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानहरुले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुनेहुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसानहरु कम आकर्षित भएको पाइन्छ ।’