१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन



अ+ अ-

काठमाडौं। नेपाललाई हराउँदै भारतले पुरुषतर्फको खो-खो विश्वकपको उपाधि जितेको छ।

भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो । पहिलो टर्न २६-० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो ।

तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ पुर्‍याउँदा चौथो टर्नमा नेपालले थप १८ अंकमात्र जोड्न सक्यो । यसअघि फाइनलमा भारतसँग ७८-४० अंक्ले पराजित हुँदा महिलातर्फ पनि नेपाल उपविजेता बनेको थियो ।