७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता: अध्ययन प्रतिवेदन

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता: अध्ययन प्रतिवेदन
अ+ अ-

म्याग्दी । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा बिनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल ः अ केस स्टडी’ शीर्षकमा गर्नुभएको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो । जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताउनुभयो ।

“यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौको मासिक वर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,” उहाँले रासससँग भन्नुभयो “ सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालिन समानता पाइएको छ ।”

११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्व सतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विबिधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमिति थिए ।
यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्वपूर्ण मानिएको छ । सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अन्य देशहरुमा भएका पुराना अध्ययनहरुले प्रमाणित गरेको छ । वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र बर्षाका ढाँचाहरुलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ ।

‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विष्लेषण गरिएको हो । नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिबिधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ । सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्वपूर्ण कारकका रुपमा स्थापित गरेको छ । यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापन सम्बन्धी रणनीतिहरुमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलमा स्पेस साइन्स’मा पुनः स्नातकोत्तर सकेर विद्यावारिधि अध्ययन गरिरहेका गौतमको घर म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ हो । उहाँले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको छ । रासस