१७ पुष २०८१, बुधबार
,
Latest
भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई वर्ष दिनभित्र १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना छः अध्यक्ष… फागुन १६ र १७ गते सरकारले फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार… हट एयर बेलुनमा उड्दै कलाकृति नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार १ लाख ४२ हजार २२३ होटल तथा रेष्टुरेण्टमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२… फिनल्याण्डमा अफवाह प्रेमीसँग मस्ती गर्दै तृप्ती डिमरी सन् २०२४ मा मनोरञ्जन क्षेत्र: स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म साउथ इन्डस्ट्रीमा काम गर्न चाहन्छन् निर्देशक अनुराग कश्यप नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

मन्त्री डा राणा आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

मन्त्री डा राणाले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भन्नुभएको छ ।

उक्त पुस्तिकामा मन्त्री डा राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उहाँ सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गर्नुभएको छ ।

मन्त्री डा राणाले उहाँको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताउनुभएको छ । भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ बर्षको उमेरमा निधन भएको थियो ।