२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

अन्योलमा मन्त्रिपरिषद् पुनर्गठन

अन्योलमा मन्त्रिपरिषद् पुनर्गठन
अ अ+ अ-

काठमाडौं । सत्तासीन नेकपाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको सचिवालय बैठकमा डा। केसीसँग भएका विगतका सम्झौता कार्यान्वयनको चरणमा रहेकाले अनशन तोड्नुपर्ने धारणा राखेका थिए। वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले भने तत्काल वार्ता गरी अनशन तोडाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। ‘डा. केसीसँग भएका विगतका सम्झौता मूलतः कार्यान्वयन भइसकेका छन्’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कतिपय विषय कार्यान्वयनको चरणमा अघि बढेका छन्। कोरोनाले देशलाई अप्ठ्यारोमा पारेका बेला सिंगो देश यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला छ। यस्तो बेला अनशन अन्त्य गर्न नेकपाले डा. केसीलाई अनुरोध गरेको छ।’

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए। तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी गराउनुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ।’ ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीले सोमबारै तीन रिक्तसहित केही मन्त्री हेरफेरको तयारी गरेका थिए। ओलीनिकट एक नेताका अनुसार मन्त्री बनाउन खोजिएकाहरूले नै अनेक समस्या देखाएपछि मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डा छलफलमा नल्याइएको हो। मन्त्री बनाउन खोजेकाहरूले नै समस्या देखाएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डाबाट पछि हटेको ती नेताले बताए।

बैठकमा राजदूत नियुक्तिको सिफारिसबारे प्रश्न उठेको स्रोतले बतायो। सचिवालयका सदस्यको सुझाव, दुई अध्यक्षको आपसी परामर्श र सहमतिका आधारमा मात्र संवैधानिक र राजनीतिक निर्णय गर्ने सहमतिविपरीत प्रधानमन्त्रीले एकलौटी रूपमा राजदूत सिफारिस गरेको भन्दै नेकपामा असन्तुष्टि देखा परेको छ। बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले संवैधानिक र राजनीतिक नियुक्तिका लागि रोस्टर बनाएर पार्टीमा छलफल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। संवैधानिक नियुक्तिका विषयमा प्रारम्भिक छलफल भएको र आगामी बैठकमा त्यसबारे गहन छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

वरिष्ठ नेता झलनाथ खनालले कुनै विषयवस्तु केन्द्रित छलफल बैठकमा नभएको बताए। ‘छल भयो, फल भएन’, खनालले अन्नपूर्णसँग भने, ‘राजदूत सिफारिसबारे पनि के सुझाव दिनु ? बैठकमा नेताहरूबीच गफगाफ मात्र भयो।’

बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमले तीन महिनाभित्र पार्टीका सबै सदस्यको सदस्यता नवीकरणको कार्ययोजना पेस गरेका थिए। विभागले असोज, कात्तिक र मंसिरमा सदस्यता नवीकरण अभियान सञ्चालन गर्न प्रस्ताव गरेको छ। अन्नपुर्णपोष्ट दैनिक