९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नयाँ बसपार्क पनि अनलाइनबाट टिकट बुकिङ



file
अ+ अ-

काठमाडौँ । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ ।
बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन ।

ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्छन्, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ । बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । भित्तामा राखिएको डिजिटल डिस्प्लेमा बसका सिट हेरेर टिकट काट्ने व्यवस्था छ । काउन्टरमा बस्नेले कम्प्युटरबाटै टिकट दिएका छन् तर अब अनलाइन प्रणालीमै जानुको विकल्प नभएको कुँवरको भनाइ छ । अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन, मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उनले भने ।

हार्डवयेर तथा सफ्टवेयर जडानको कामका लागि सम्झौता भइसकेको कँुवरले जानकारी दिए। नयाँ बसपार्कमा रहेका सबै कम्पनीका काउन्टरलाई अनलाइन प्रणालीमा जोडिने छ तर काउन्टरमै आएर टिकट लिनेहरूका लागि पनि सेवा उपलब्ध हुनेछ । हाल बसपार्कमा यात्रुको चहलपहल नभएकाले छिटो काम गर्न सहज हुने बताइएको छ ।
हाल नयाँ बसपार्कबाट दैनिक दुई सयदेखि २५० वटा बस मात्र बाहिरिएका छन् । बन्दाबन्दीअघिसम्म दैनिक पाँच सय बस बाहिरन्थे । अहिले यात्रुको चाप अत्यन्त कम भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि अनलाइन प्रणालीलाई जोड दिएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, अनलाइन प्रणालीमा गएपछि सबै चिजको व्यवस्थापन हुन्छ, ठगिने सम्भावना भएन, समय र पैसाको बचत हुने, बसका स्टाफलाई पनि गाह्रो हुँदैन ।

विगतदेखिको अभ्यास
लामो तथा मध्ययम दूरीका यात्रुवाहक बसको टिकट अनलाइनमा उपलब्ध हुने सेवा विगतदेखि नै सञ्चालनमा छन् । बस सेवा डटकमले आठ वर्षदेखि अनलाइनबाट टिकट बेच्दै आएको छ । पर्यटकलाई अनलाइनबाटै बस टिकट उपलब्ध गराउन थालिएको एक दशक भइसक्यो । स्मार्ट यात्रु, बसको टिकट, ट्राभल एन.पी, काठमाडौँ बस, बस नेपाल, वेस्ट नेपाल बस, ट्राभल नेपाल, एडभेन्चर ट्राभल, माई सिटः माइ च्वाइसलगायतका कम्पनीले अनलाइन टिकट बिक्री गरिरहेका छन् । तिनीहरूले ई–सेवा, आईएमई, खल्ती जस्ता ई–पेमेन्ट कम्पनीबाट अनलाइन टिकट बिक्री गर्छन् । बस सेवा डटकमले विगतमा दशैँमा दैनिक एक हजारवटा टिकट बिक्री गरेको थियो । तर अहिले कारोनाका कारण हाल दैनिक २५/३० वटा टिकट मात्र बिक्री भएको बस सेवाका निर्देशक मोहन बेल्बासेले जानकारी दिए ।

बस सेवाले साझा यायायात, काठमाडौँ–दिल्ली चल्ने धौलागिरि–मञ्जुश्री यातायात, शुभ जगदम्बा, माउन्ट मकालु, सुन्दर सुदूर, महाकाली यातायात, नमस्ते कपिलवस्तुलगायत एक सय कम्पनीका २५० वटा बसको लामो दूरीका ७० वटा रुटमा अनलाइन टिकट बिक्री गर्दै आएको छ । सेवा अन्य रुटमा पनि विस्तार गरिने तर कोभिडका कारण निकै प्रभावित भएको बेल्बासेको भनाइ छ । गोरखापत्र दैनिक




भर्खरै