२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको ८९ लाख ३९ हजार तीन सय ४८ हजार कित्ता शेयर ५३ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ४० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १७, वित्त शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १४, लघुवित्त शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव १९, व्यापार शून्य दशमलव ५९ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ६५, लगानी शून्य दशमलव २१, जीवन बीमा शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार नौ सय ६४ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।