काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको हो ।
१५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा अलआउट भयो ।
उसका लागि एन्ड्रीस गौसले ३६, रेमोन रेइफरले ३३, किरण ठगुन्नाले ३२, दिपेश खरेलले १५ तथा जेन मलिकले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कुशल भुर्तेलसहित सुदीप अर्याल र विपिन खत्रीले खाता समेत खोल्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलाइन एक्लैले पाँच विकेट लिए भने हरमित सिंहले तीन तथा सैफ जइबले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो ।
उसका लागि आरिफ शेखले अविजित ४२, ब्रान्डन म्याकमुलेनले २३, दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ रन बनाए भने इशान पाण्डे १० रनमा रिटायर्ड आउट भए ।
बलिङतर्फ पोखराका कुशल भुर्तेलले दुई तथा रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक–एक विकेट लिए ।
जितसँगै प्लेअफमा स्थान बनाउने सुदूरपश्चिम दोस्रो टोलि बनेको छ । जनकपुर बोल्ट्स र चितवन राइनोज यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पोखराको यात्रा भने यहीँ सकिएको छ । अब समूह चरणको अन्तिम खेल भोलि हुँदैछ । जसमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।










