२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।

संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गर्नुभएको हो । मंसिर २८ गते शुक्रवार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गर्नुभएको छ ।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरुमा पु¥याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताउनु भयो ।

नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भुमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमीकहरुप्रति सम्मान, हिमाली श्रमीकहरुको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताउनु भयो ।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरु प्रत्यक्ष रुपमा हिमाल आरोहण गर्न आएको बताउनु भयो ।

उहाँले आफूहरु जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिंगो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताउनु भयो ।