२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.28

Wind: 1.54

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले अहिले डेलिभरी खोजिरहेका छन्: महेश वर्तौला



अ+ अ-

हेटौंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले नागरिकले अहिले डेलिभरी खोजिरहेको बताउनुभएको छ ।

एमाले हेटौंडा उपमहानगर पालिकाको दोस्रो अधिवेशनमा बोल्दै उहाँले सरकार अभावका बिचमा पनि जनताले महसुस गर्नेगरी सेवा प्रवाहमा लागि परेको बताउनुभयो ।

उहाँले पार्टीलाई जनताको माझमा स्थापित गराउने गरि काम गर्न शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो “नेकपा एमाले हेटौंडा उपमहानगर पालिकामा हारेको हो सकिएको होइन । हेटौंडाको जनताको मनमनमा जागरण ल्याउने गरि सन्देश यस दोस्रो अधिवेशनले दिनु पर्नेछ ।”

यस्तै, उहाँले आजको आवश्यकताले एमालेको आपसी समझदारी मागेको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो “एमाले हिजो प्रतिपक्षमा रहँदा पनि घेराबन्दी थियो र अहिले एमाले सरकारमा हुँदा पनि आक्रमण तथा कपोकल्पित भ्रम सिर्जनाहरु बढिरहेको छ । एमालेलाई कमजोर बनाउन सक्दा मात्रै आफ्ना इन्ट्रेस्टहरु पूरा गर्न लागिरहेका छन् ।”

एमालेले नाजायज वैदेशिक हस्तक्षेप स्वीकार नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।