८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सापकोटा



अ+ अ-

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत हुनुभएको हो ।

समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहनुभएको छ ।

महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहनुभएको छ ।

पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन हुुनभएको छ भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन हुनुभएको छ । अध्यक्ष सापकोटा विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समिति ९रासस०को पर्वत प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ ।