१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँ गुर्खाज पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाडौँ जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको हो । काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जेम्स निशमले २७, हर्ष ठाकरले अविजित २५, लाहिरु मिलान्थाले १६, मोहम्मद मोहसिनले १३ तथा अनिल शाहले ११ रन जोडे ।

बलिङतर्फ काठमाडौँका करण केसीले दुई, शाहब आलम, जेरहार्ड इरासमस र दिपेश कँडेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो ।

काठमाडौँका लागि जेरहार्ड इरासमसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन–तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अरनिको यादव र किशोर महतोले एक–एक विकेट हात पारे ।

जितसँगै प्लेअफमा पुग्ने जनकपुर पहिलो टोलि बनेको छ । उसले ५ खेलमा जित हात पार्दै एक खेलमा पराजित भएको छ । काठमाडौँको भने प्लेअफ यात्रा कठिन बनेको छ । उसले ५ खेलमा तीनमा हार र दुईमा जित निकालेको छ ।