१० माघ २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाब्बा टेस्टको पाँचै दिन वर्षाको सम्भावना, खेल बराबरी भए भारतलाई टेस्ट च्याम्पियनसिपमा पुग्न समस्या



अ+ अ-

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ मा भारतको समस्या बढ्दै गएको छ । वास्तवमा, डिसेम्बर १४ देखि भारत र अष्ट्रेलियाबीच हुने गाबा टेस्टको पाँचै दिन ब्रिस्बेनमा वर्षा हुने सम्भावना छ ।

यदि गाब्बा टेस्टमा पानी पर्यो र खेल बराबरी भयो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडमा भारतको समस्या झनै बढ्नेछ, किनकि यहाँबाट फाइनलमा पुग्नका लागि भारतले बोर्डर गावस्कर ट्रफिका बाँकी सबै खेल जित्नुपर्नेछ ।

हाल, बोर्डर गावस्कर ट्रफि एक–एक टाई मा चलिरहेको छ । अघिल्लो खेलमा अष्ट्रेलियाले एडिलेडमा १० विकेटले जित हात पारेको थियो भने भारतले पर्थ टेस्ट २९५ रनले जितेको थियो ।