१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाब्बा टेस्टको पाँचै दिन वर्षाको सम्भावना, खेल बराबरी भए भारतलाई टेस्ट च्याम्पियनसिपमा पुग्न समस्या



अ+ अ-

एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ मा भारतको समस्या बढ्दै गएको छ । वास्तवमा, डिसेम्बर १४ देखि भारत र अष्ट्रेलियाबीच हुने गाबा टेस्टको पाँचै दिन ब्रिस्बेनमा वर्षा हुने सम्भावना छ ।

यदि गाब्बा टेस्टमा पानी पर्यो र खेल बराबरी भयो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडमा भारतको समस्या झनै बढ्नेछ, किनकि यहाँबाट फाइनलमा पुग्नका लागि भारतले बोर्डर गावस्कर ट्रफिका बाँकी सबै खेल जित्नुपर्नेछ ।

हाल, बोर्डर गावस्कर ट्रफि एक–एक टाई मा चलिरहेको छ । अघिल्लो खेलमा अष्ट्रेलियाले एडिलेडमा १० विकेटले जित हात पारेको थियो भने भारतले पर्थ टेस्ट २९५ रनले जितेको थियो ।