२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी यात्रा तय गर्न यो जित पर्याप्त हुँदैनः रोहित पौडेल



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले यसअघिका खेलमा राम्रो नतिजा नआएकाले आज जित निकाल्नु सुखद् पक्ष रहेको बताएका छन् ।

चितवन राइनोजविरुद्ध जितपछि उनले आगामी यात्रा तय गर्न यो जित पर्याप्त नहुने भएकाले बाँकी खेलमा पनि ध्यान दिने बताएका छन् ।

रोहितले पछिल्ला खेलमा बलिङ राम्रो नसके पनि आजको खेलमा राम्रो साथ पाएको बताएका छन् । यस अघिका खेलमा आफूले बलिङ नगर्नु गल्ती महशुस भएको उनी बताउँछन् ।

उनले चार खेलमा हार व्यहोर्दा सबै खेलाडीको मनोबल उच्च बनाइराख्न सहज नभएको उल्लेख गरे । उनले यो पिचमा आफ्नो लागि अहिलेसम्मकै राम्रो भइहेको पनि बताएका छन् । जारी एनपिएलमा पहिलो जितले पनि टोलीको लक्ष्य पूरा नहुने भएकाले बाँकी खेलमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

चितवन राइनोजको प्रशिक्षक उमेश पटवालले रोहित र साद बिन जफरले उत्कृष्ट ब्याटिङ गरेपछि आफ्नो टोलीको लक्ष्य पूरा नभएको बताए । उनले हारको बाबजुद कप्तान कुशल मल्लले राम्रोसँग जिम्मेवारी वहन गरेको उल्लेख गरेका छन् ।

उनले कहिले काहीँ खराब दिन आउने र आज कुशलको लागि राम्रो नभएको बताएका छन् । उनले विदेशी खेलाडीभन्दा अगाडि रोहित उच्च रनकर्ता हुनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन् ।