२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनुदान’ले अड्काएको बिआरआइ सम्झौतामा अन्ततः ‘एड’ लेखेपछि हस्ताक्षर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हुने भनिएको बिआरआइ सम्झौता एड लेखेपछि सहमति भएको छ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा आज बिहान बेइजिङमा हस्ताक्षर भएको हो ।

फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि नेपाल सरकारले चीनको बिआरआइको पूरै कार्यान्वयन सम्झौता  नगरी आफ्ना तर्फबाट एक अलग्गै फ्रेमवर्क नै तयार पारेर लगेको थियो ।

तर त्यो फ्रेमवर्कमा चीनले बिआरआइ अन्तर्गत नै दिने सहयोग या परियोजना पनि अनुदानमा नै गर्नुपर्ने प्रस्ताव गरिएको थियो । तर सबै परियोजनाहरुमा अर्थात् सबै फ्रेमर्वकमा अनुदान मात्र लेखिएपछि त्यसमा चीनले समर्थन गर्न नसक्ने जनाएपछि हिजो त्यसमा हस्ताक्षर हुन सकेको थिएन ।

त्यसपछि हिजोदेखि अनुदानको सट्टा अर्काे शब्दको खोजी भएको थियो र नेपालले त्यसमा अनुदान हटाएर एड अर्थात् सहायता भन्ने लेखेपछि हुनेतर्फ उन्मुख भएको थियो ।

सो सम्झौता हिजो नभएर आज भएको हो । हिजो राति अबेरसम्म नै त्यसमा सहमति खोज्ने प्रयास भएको थियो, तर सहमति भएको थिएन । आज भने सहमति भएको र त्यसम हस्ताक्षर गरिएको हो ।

योसँगै चीनले लामो समयदेखि अघि सारेको र नेपालले सात बर्षअघि फ्रेमवर्कमा मात्र हस्ताक्षर गरेको सो परियोजनाको नेपालका पनि कार्यान्वयनको बाटो खुलेको छ ।

हिजो राति अबेरसम्म नै सो परियोजनामा हस्ताक्षर गर्ने भनी संयुक्त बक्तव्यमा जतिसक्दो चाँडै बिआरआइमा दुवै पक्ष हस्ताक्षर गर्न सहमत भएका छन् भन्ने शब्दावली राखिएको थियो ।