५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिइने

रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिइने
अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिइने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ पोखराबाट काठमाडौं ल्याइएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे लामिछानेसँग बयान लिन लागिएको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

यो बीचमा उनलाई रुपेन्देहीपनि बयानको लागि लगिएको थियो । उनलाई बयानको लागि आज कास्कीबाट काठमाडौं ल्याईएको हो । उनलाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याएको हो । काठमाडौंको आन्तरिक विमानस्थलमा रवि ल्याईँदा उनका समर्थकहरुले प्लेकार्डसहित रविको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । उनलाई काठमाडौं झरेलगत्तै प्रहरीले आफ्नै भ्यानमा राखेर विमानस्थल बाहिरि निकालेको थियो ।