१ बैशाख २०८२, आईतवार
April 13, 2025 Sunday
Latest
हैदराबादले पछ्यायो आईपीएलको दोस्रो ठूलो लक्ष्य, अभिषेक बने सर्वाधिक रन बनाउने भारतीय ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित वर्षान्त २०८१ : गतिमा ऊर्जा क्षेत्र वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक रातिदेखि सञ्चालनमा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्न लागिएको बताउनुभएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउनु भयो । उहाँले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रवन्ध गर्न लागेको बताउनु भयो । उहाँले छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरुलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताउनु भयो । उहाँले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाटोको क्षमताअनुसार हाम्रो देशमा र संसारमै पनि कुरा के हो भने कति चक्के गाडी हो । थोरै चक्के गाडी छ भने त्यसको भारवहन क्षमता कम हुन्छ । जति चक्का बढायो त्यति त्यसको भारवहन क्षमता बढ्छ । तर हाम्रो देशको बाटोलाई मध्येनजर गरेर हामीले ४९ टन भन्दा बढी भार बोकेर यो बाटोमा हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्यो भन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा हाम्रो बीचमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटोमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा हामीले त्यसलाई पूर्ण रुपले रोक लगाउँदै छौँ । विदेशबाट आएका सामानहरु छन् भने, छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरु छन् भने त्यो चेक प्वाइन्टमा नै निर्धारण गरिनुपर्छ । हाम्रो बाटोमा कति क्षमता भार बोकेका चारचक्के, १० चक्के वा २८ चक्के गाडीहरु पनि छन् । ति गाडीहरुले कति क्षमतासम्मको भार बोकेर हिँड्न पाउँछन् भन्नेकुराको निर्धारण चेक प्वाइन्टमै निगरानी गर्नुपर्छ । यस कुरामा नेपाल सरकारले अब कडाईका साथ नियमावलीलाई कार्यविधिलाई आवश्यक पर्छ भने कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच राखेका छाँै ।’

मन्त्री दाहालले सरकारले विकासका कामहरु अघि बढाउने हुटहुटी रहेको बताउनु भयो । उहाँले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो ।