२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभामा छनोट



अ+ अ-

बेइजिङ । चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् । दुई दशकदेखि चीनको पल्लो शान्सीको सिआनस्थित चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्चमा कार्यरत डा. राजीवकुमार झालाई बुधबार शान्सी प्रान्तीय वैदेशिक विशेषज्ञ मामिला ब्यूरोले यस्तो प्रतिभामा छनोट गरेको हो  यसअघि उनलाई सन् २०१५ मा १०० विदेशी प्रतिभा (ट्यालेन्ट) मा छनोट गरिएको थियो । त्यस यता उनले चीनको राष्ट्रिय स्तरको ग्रान्ट (आर्थिक सहायता) पाएर काम गरेका थिए भने क्यान्सर रोग सम्बन्धित रिसर्च पेपरहरू प्रकाशित गरेका थिए । पछिल्लो पटक उनले कोरोना भाइरस सम्बन्धी अनुसन्धान प्रकाशित गरेका थिए । ब्यूरोले कामको मूल्यांकन गरेर यस्ता विदेशीहरूलाई चीनमा सेवा गर्नका लागि सुविधा दिने गरेको छ । डा. झाले कान्तिपुरसँग भने,‘एउटा स्तर निर्धारण भयो। अब नेपालको राजनीतिक प्रणाली, पर्यटन, अर्थव्यवस्था इत्यादि जे जस्ता विषयमा लेक्चरका लागि बोलाइन्छ, यसबाट नेपालको हितमा कुराहरू राख्न सकिन्छ ।’

सिआन सहरले आफ्नो प्रक्रिया पार भएपछि विदेशी प्रतिभालाई यस्तो खालको सूचीमा राखेर आवश्यक सहुलियत सुविधा दिने गर्दछ । विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले विदेशी विद्वानहरूलाई स्वेदशको उत्थानमा टेवा पुर्याउन विदेशी प्रतिभाहरू भित्र्याउँदै गएको छ । यस्ता प्रतिभाहरूलाई चीनको पीआर मानिने १० वर्षे भिसा सुविधा उपलब्ध गराउनुका साथै चाइनिज एकेडेमी अफ साइन्स वा युनिभर्सिटीका नामी विशेषज्ञ बराबरको महत्व र सुविधा दिने गर्दछ । यसैबीच बुधबार नै शान्सी प्रान्तीय उपगभर्नर फाङ् क्वाङ ह्वाले डा. झाको रिसर्च सेन्टरको अवलोकन गरेका छन् । भ्रमणका क्रममा उनले रिसर्च सेन्टरलाई बेल्ट एण्ड रोड इनिसियटिभका माध्यमबाट उपयोग गर्न सकिने प्रस्ताव राखेका छन् । नेपालको अवस्थाप्रति जानकार उनले शान्सीमा महामारी नियन्त्रणमा जे जस्ता कदमहरू चालिएका थिए, त्यसै प्रकारले नेपालको महामारी रोकथाममा पाइला चाल्नुपर्ने सुझाव दिए। उनले भने, ‘नियन्त्रणको कदम नचाल्ने हो भने स्थिति झन् झन् भयावह हुनसक्छ ।’

सन् २०१३ र २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआनस्थित सो रिसर्च सेन्टरको भ्रमण गरेका थिए । त्यसक्रममा उनले नेपालका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखे । (५गतेको कान्तिपुर दैनिकमा)