२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

चद्रागिरिको चुचुरोमा ओलीले कोरेको प्रेमकथा- फोटो फिचर

चद्रागिरिको चुचुरोमा ओलीले कोरेको  प्रेमकथा- फोटो फिचर
अ अ+ अ-

काठमाडौँ,: तिहार बिदाको समयलाई सदुपयोग गर्देप्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।

यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुुभयो । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।

“चन्द्रागिरि प्रेमको प्रतीक

सतीदेवी भाल पतन

सर्वाेत्तम प्रेमकथा !’’

साथमै रहनुुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुभयो । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुुभयो, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।”

राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि÷साहित्यकार होइन ।” तर उहाँलाई गहिराइका साथ बुुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”

सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।

यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुुभएको थियो–

“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ

सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडामा आएर सपनामा

भावी सन्तती मुस्कुराएको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ

मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

 

त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते  ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेख्नुुभएको अर्काे कविताका अंशहरु यस्ता थिए–

“कतै इतिहास, कतै परम्परा

गौरव कतै, कतै पौरख

यहीँ चन्द्रागिरिका डाँडाहरूतिर

सतिदेवी बोकेर  काँधमा शोकमग्न शिवजी

यहीँ बाटो भौँतारिएका थिए

जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो

यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ

यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए

लोभिँदै नजर फ्याँकेर उपत्यकातिर

नजिकै फाखेलको गाउँमा देवकोटाले

मानवताको बिगुल फुकेका थिए…।”

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुुक पुस्तकमा पनि आफ्ना भावनाहरु अभिव्यक्त गर्नुभएको थियो । उहाँले लेख्नुुभएको छ, “काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरुलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फूूर्सदले मनोरञ्जन लिइयो ।”

अध्यक्ष ढकालले राज्य र अन्य निकायको सहयोग पाएमा यस्ता पर्यटकीय पूर्वाधार मुलुकका साथै प्रदेशमा बनाउने योजना प्रधानमन्त्री ओलीलाई सुनाउनुभएको थियो । प्रकाश सिलवाल/रासस