२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपतीय चुनाव नतिजा: बाइडनको अग्रता



अ+ अ-

वासिङटन । विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।

यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन्। अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ। 

मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ। अन्नपुर्णपोष्ट दैनिक