१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै
António Guterres, United Nations Secretary-General, speaks to the United Nations General Assembly during the Summit for the Future, Sunday, Sept. 22, 2024 at U.N. headquarters. (AP Photo/Frank Franklin II)
अ अ+ अ-

एजेन्सी । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भन्नुभयो, “हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुन: लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।”

उहाँले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भन्नुभयो । उहाँले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताउनुभयो ।

महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गर्नुभयो ।

मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवत: विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताउनुभयो ।

तर उहाँले भन्नुभयो, “विश्वभरका सबैभन्दा कमजोर मानिसहरूले हामीले प्रगति गर्ने, परिवर्तन ल्याउने र उनीहरूका लागि आशाको भावना ल्याउने कुरामा भरोसा गरिरहेका छन् ।”

उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनुहुनेछ ।

इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाउनुभयो । उहाँले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गर्नुभयो । साथै उहाँले आफ्नो सपथ ग्रहणको केही घन्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी लड्न चाहन्नौँ, इजरायलले सबैलाई युद्धमा तान्न र यस क्षेत्रलाई अस्थिर बनाउन चाहन्छ, तिनीहरूले हामीले नचाहेको विन्दुमा हामीलाई तानिरहेका छन् ।” इरानले गाजामा हमास र लेबनानका हिजबुल्लाह लडाकूहरू दुवैलाई समर्थन गर्दछ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिबान्डले संयुक्त राष्ट्रसङ्घ स्थापना भएको सन् १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनलाई सम्झनुभयो ।

तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले प्रतिनिधिहरूलाई ‘शक्ति नै अधिकार हो’ भन्ने मान्यतालाई अस्वीकार गर्न र त्यसलाई उल्ट्याएर ‘अधिकार नै शक्ति हो’ बनाउन आग्रह गर्नुभएको थियो र यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरिएको थियो ।

मिलिबान्डले भन्नुभयो, “करिब ८० वर्षपछि हामीले यो समीकरणलाई उल्ट्याउन नसक्दाको भयानक परिणाम देखेका छौँ । गाजा, सुडान र युक्रेनजस्ता सन्दर्भहरूमा शक्तिले नै अधिकार बनाइरहेको छ ।”

बढ्दो वैश्विक मानवीय आवश्यकता, अनियन्त्रित द्वन्द्व, अनियन्त्रित जलवायु परिवर्तन र बढ्दो चरम गरिबीको सामना गर्दै मिलिबान्डले विश्व नेताहरूलाई चुनौती दिँदै प्रश्न गर्नुभयो, “आगामी ८० वर्षका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई तपाईंहरू कसरी कमजोर नभई बलियो बनाउनुहुन्छ?”

दुई दिवसीय ‘भविष्यको शिखर सम्मेलन’ पछि आयोजना भएको महासभाको वार्षिक बैठक सेप्टेम्बर ३० मा समाप्त हुन्छ । ‘भविष्यको शिखर सम्मेलन’ ले विश्वका बढ्दो विभाजित मुलुकहरूलाई २१औँ शताब्दीका द्वन्द्वदेखि जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता ९एआई० र महिला अधिकारसम्मका चुनौतीहरूको सामना गर्न एकजुट गर्ने लक्ष्यसहितको खाका अपनाएको थियो ।

बयालीस पृष्ठको ‘भविष्यका लागि सम्झौता’ ले राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकका नेताहरूलाई प्रतिज्ञाहरूलाई वास्तविक काममा परिणत गर्न चुनौती दिन्छ । यसले विश्वका आठ अर्बभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउँछ ।

“हामी बहुपक्षवादलाई विनाशको किनारबाट फर्काउन यहाँ भेला भएका छौँ”, महासचिव गुटेरेसले भन्नुभयो । उहाँले सम्झौतालाई ग्रहण गरेर नेताहरूले ढोका खोलेको बताउनुभयो । “अब यसमार्फत हिँड्नु हाम्रो साझा नियति हो, यसले सहमतिको मात्र नभई कामको पनि माग गर्दछ ।”

गत वर्षको राष्ट्रसङ्घीय वैश्विक भेलामा युक्रेन र त्यसका राष्ट्रपति भोलोदिमर जेलेन्स्की केन्द्रीय स्थानमा हुनुहुन्थ्यो । तर अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा गाजामा भइरहेको युद्ध र इजरायल–लेबनान सीमामा बढ्दो हिंसामा ध्यान केन्द्रित हुने निश्चित छ । हिंसा अहिले पूरै मध्यपूर्वमा फैलिन खतरामा छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले बिहीबार बिहान र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार अपराह्न बोल्ने कार्यक्रम छ ।